Showing posts with label see science practice. Show all posts
Showing posts with label see science practice. Show all posts

Wednesday, January 2, 2019

SEE Science: Model Questions 2074 Set 2

Full Marks: 75
 answer according to the given instructions.
Group - A


1. Give short answer to the following questions.  [15×1=15]

a. Write any two factors one which gravitational force depend.
Answer:

क. कुनै दुई वस्तुहरुको पिण्ड।

ख. वस्तुहरुको केन्द्र सम्म वीचको दूरीमा।

b. Write the value of atmospheric pressure at sea level.
Answer:


c. Give any two examples of radioactive elements.
Answer:

क. युरेनियम।

ख. प्लुटोनियम।

d. Write its SI unit of power of lens.
Answer:

डायोप्टर (D)

e. What is heating element?
Answer: ताप उपकरणहरुमा विधुत शक्तिलाई तापक्रम रुपान्तर गर्न प्रयोग गरिने तारलाई हिटिङ्ग इलेमेन्ट भनिन्छ।

f. State Mendeleev's periodic law.
Answer: तथ्यहरुका भौतिक र रासायनिक गुणहरु तिनीहरुका परमाणविक भारहरुका पेरियोडीक कार्य स्वरूप हुन्छन्।"

g. Give two examples of organic acid.
Answer:

क. साइट्रिक एसिड।

ख. एसेटिक एसिड।

h. Write the atomic number and atomic mass of aluminium.
Answer:

क. परमाणविक संख्या - 13.

ख. परमाणविक भार - 27.

i What is saponification?
Answer: वनस्पति वा जनावरको बोसोलाई अल्काली संग प्रतिक्रिया गराएर साबुन उत्पादन गर्ने प्रक्रियालाई सेपोनीफिकेसन भनिन्छ।

j. Name two types of silkworm cultivated in Nepal.
Answer:

क. सेरी रेसम कीरा।

ख. एरी रेसम कीरा।

k. What are the two parts of central nervous system?
Answer:

क. मस्तिष्क (Brain).

ख. सुषुम्ना (Spinal Cord).

l. Write an organ that produces uric acid in a human body.
Answer: मृगौला (Kidney)

m. What is gene?
Answer: जीवहरुको अनुवंशिक गुण एक वंशबाट अर्को वंशमा सार्ने क्रोमोजोम भित्र रहेका तत्वलाई वंशाणु भनिन्छ।

n. Which parts of a flower change into seed and fruit after fertilization?
Answer:

क. ओभ्यूल - बीउ।

ख. ओभरी - फल।

o. What is geological time scale?
Answer: एउटा समय तालिका जसले पृथ्वीको इतिहासको उत्पति देखि वर्तमान समय सम्म पूरा गर्दछ त्यसलाई भौगोलिक समय तालिका भनिन्छ।

Group 'B'  [13× 2 = 26]


2. Write any two differences between gravity and acceleration due to gravity.
Answer:
गुरुत्वबल
गुरुत्वप्रवेग
a. कुनै पनि वस्तुलाई  पृथ्वीले आफ्नो केन्द्रतिर आकर्षण गर्ने बल भनेको  गुरुत्वबल हो।a. पृथ्वीको सतहतिर स्वतन्त्र   रुपले खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेग भनेको गुरुत्वप्रवेग हो।
b. यो कारण हो।b. यो असर हो।


3. Why is it easier to pull a bucket of water from the well until it is inside the water but difficult when it is out of water?
Answer: पानीभित्र बाल्टी भइन्जेल पानीले दिने उर्ध्वचाप बाल्टिनमा लाग्दछ। पानीले दिने उर्ध्वचापले गर्दा बाल्टिन उठाउन कम बलको आवश्यकता पर्दछ र बाल्टिन उचाल्न सजिलो हुन्छ। पानी बाहिर हावाको उर्ध्वचाप नगन्य हुन्छ जसले गर्दा बाल्टिन उचाल्न पुरै तौल थाम्नु पर्ने हुन्छ, त्यसैले उचाल्न गह्रौं हुन्छ।

4. It is given jerk before being used to measure temperature again of a clinical thermometer, why?
Answer: क्लिनिकल थर्मोमिटरको केश नलीमा बल्बतिर साँघुरो घाँटी बनाइएको हुन्छ। थर्मोमिटरलाई विरामीको काखी वा जीब्रोमुनि राख्दा तापक्रमको बृद्दीले गर्दा पारो सजिलै संग थर्मोमिटरको नालीमा चढ्छ तर तापक्रम घट्दा चढेको पारो बल्बमा आफ्सेआफ फर्केर आउँदैन जसले अर्को विरामीको तापक्रम मापन गर्न सकिदैन त्यसैले परोलाई पुन: बल्बमा फर्काउन धेरै ठुलो झड्का दिनु पर्दछ।

5. Why is the inner wall of a fluorescent lamp coated with fluorescent powder?
Answer: जब फ्लोरेसेण्ट बत्तीको मर्करी परमाणुहरुले इलेक्ट्रोनहरुको हिर्काईमा अल्ट्राभ्वाइलेट किरणहरु फाल्दछन्, ती किरणहरु फ्लोरेसेण्ट पाउडरमा पर्दछन्। यसरी अल्ट्राभ्वाइलेट किरणहरु उक्त फ्लोरेसेण्ट पर्दा देख्न सकिने किरण (Visible Light) मा परिणत गर्दछ।

6. Why are elements of group VII called halogens?
Answer: ग्रुप VII A का तत्वहरुले धातुसँग प्रतिक्रिया गरी लवन (Salt) बनाउँदछन्। त्यसैले ग्रुप VII A तत्वहरुलाई हेलोजन्स् भनिन्छ।

7. Write a chemical reaction which is carried out by catalyst with balanced equation.
Answer:


8. Solution of ammonia is a weak alkali, why?
Answer: एमोनियम हाईड्रोअक्साइड पानीमा घोल्दा थोरै मात्रामा हाईड्रोअक्साइड (OH)आयोनहरु दिन्छ। त्यसैले एमोनियम हाईड्रोअक्साइड एउटा कम्जोर अल्काली हो।

9. Write two importance of glucose in human body.
Answer:

क. यो मानव शरीरमा शक्तिको श्रोत हो।

ख. यसले मानव शरीरमा मेटाबोलिज्मको सन्तुलनमा महत्वपूर्ण कार्य गर्दछ।

10. Why silkworm is called queen of fibre?
Answer: रेशम किराबाट निस्कने रेशा धेरै लामो, टल्किने, तन्किन सक्ने र पानी कम सोस्ने भएकोले यसलाई धागोहरुको रानी भनिन्छ।

11. Write any two differences between sensory nerve and motor nerve.
Answer:
Sensory Nerve
Motor Nerve
a. यसले चेतना ज्ञानेन्द्रीयबाट मस्तिष्कसम्म पुर्याउँछ।a. यसले ज्ञान वा प्रेरणा मस्तिष्कबाट ज्ञानेन्द्रीयसम्म पुर्याउँछ।
b. यी स्नायुहरु थोरै छन्।b. यी स्नायुहरु धेरै छन्।


12. Write any two characteristics of a person suffering from downs syndrome.
Answer:

क. छोटो कद सहितको सानो र गोलो टाउको हुन्छ।

ख. चिरा परेको जिब्रो र आधा खुलेको मुख हुन्छ।

13. Write two importance of variation.
Answer:

क. यसले गर्दा क्रम विकाशका साथै नयाँ जीवहरुको उत्पत्ती हुन्छ।

ख. यसले जीवहरुलाई परिवर्तित वातावरणमा अनुकुलता प्रदान गर्दछ।

14. A comet is not actually a star. Give two reasons in favour of this statement.
Answer:

क. पुच्छ्रे ताराको आफ्नै प्रकाश छैन यो सूर्यको प्रकाशले गर्दा नजिक आउँदा चम्किलो देखिन्छ।

ख. पुच्छ्रे ताराले सूर्यलाई लम्बिएको अन्डाकार कक्षमा परिक्रमा गर्छ।

Group 'C'  [6×3 = 18]


15. Redraw the given ray diagram and complete it. Also write two natures of the image formed along with its one application.

Answer:
क. वास्तविक।

ख. उल्टो/वस्तु भन्दा सानो।

यो फोटो ग्राफिक क्यामेरामा प्रयोग गरिन्छ।

16. Draw a diagram of a step up transformer and mention its any two parts.
Answer:


17. How will you manufacture of ammonia gas on industrial scale ? Write with balanced chemical equation.
Answer: एमोनिया ग्याँसलाई औधोगिक रुपमा उत्पादन गर्नु 1 भाग नाइट्रोजन र 3 भाग हाईड्रोजनलाई 500°C तापक्रम र 250 Atm चापमा फलामको धुलोलाई उत्प्रेरक र मलिब्डेनम लाई प्रोमोटर को रुपमा प्रयोग गरी रासायनिक प्रतिक्रिया गराई उत्पादन गरिन्छ।


18. How is compost fertilizer made? Explain.
Answer: कम्पोष्ट मल बनाउनका लागि कुहिन योग्य अनावश्यक ठोस वस्तुहरु जस्तै बोट विरुवाका पातहरु कृषिजन्य उपजहरु, फलफूलका बोक्राहरु, सागसब्जी केलाउँदा प्राप्त हुने पातपतिङ्गरहरु, बासी खानेकुराहरु र गाई भैंसी र वस्तुभाउका मलमुत्रहरु प्रयोग गरिन्छ। कम्पोष्ट मल बनाउन माथि उल्लेखित वस्तुहरुलाई 5 m लामो 1.5 m चौडाई र 1.5 m गहिरो खाल्डो खनी त्यसमा उक्त वस्तुहरुलाई चिसो माटोले छोप्नु पर्छ। यसरी उक्त वस्तुहरु तह तह राखी 3-4 महिना छोड्नु पर्दछ। माटोमा भएका व्याक्टेरिया र फन्जाईले उक्त वस्तुहरुलाई कुहाउँदछन् र 3-4 महिना पछि कम्पोष्ट मल तयार हुन्छ।

19. Pea plants with red flower (RR) and white flower (rr) are cross pollinated first then self pollinated. What will be the colour of flower in first and second generation of that pea plant and why? Write with necessary chart of filial generation.
Answer:
पहिलो वंशमा सबै रातो हुन्छ, किनकि उन रातो प्रबल गुण या प्रत्यक्ष गुण हो जब कि दोस्रो वंशमा एउटा शुद्द रातो, एउटा शुद्द सेतो र दुईवटा वर्णशंकर (ठिमाहा) रातो हुन्छ, किनकि ग्यामेट (Gamete) बन्दा जीनहरुको सेग्रिगेशन हुन्छ।

20. How does air pollution inhibit biological growth of plants? Explain.
Answer:" state="close"]वायु मण्डल प्रदूषित हुँदा सौर्य प्रकाशको तीव्रतामा ह्रास आउँछ। यसरी सौर्य प्रकाशको तीव्रतामा कमी हुँदा विरुवाका पातहरुमा रहेका सानासाना छिद्रहरु (Stomata) राम्ररी खुल्न पाउँदैन। जसले गर्दा पातभित्र प्रशस्त मात्रामा कार्बनडाईअकसाईड (Carbondioxide) ग्याँस जान पाउँदैन र प्रकाश संश्लेषण प्रक्रियामा गतिरोध खडा हुन्छ। विरुवाले खाना बनाउन सक्दैन जसको परिणाम स्वरुप विरुवाको भौतिक गतिविधि र विकासमा वाधा पुग्छ।
Group 'D'  [4×4 = 16]


21. How does water pump worked? Explain with diagram.
Answer: पानि तान्ने पम्पमा दुई भाग हुन्छ, जसलाई ब्यारेल र पिस्टन भनिन्छ। ब्यारेल र पिस्टन दुवैमा एउटा एउटा भल्भ हुन्छन्। एउटा भल्भ पिस्टनमा हुन्छ भने अर्को भल्भ V2 ब्यारेलको पिँधमा हुन्छ। दुवै भल्भहरुले सानो ढोकाको काम गर्दछन्। यसले पानीलाई माथि आउन दिन्छ, तर तल फर्किन दिँदैन पानी तान्दा निम्न दुई क्रियाहरु हुन्छन् जसलाई क्रमश अप स्ट्रोक र डाउन स्ट्रोक भनिन्छ।
अप स्ट्रोक: पम्पको ह्यान्डललाई तलतिर थिच्दा पिस्टन माथितिर तानिन्छ र भल्भ V1 बन्द हुन्छ। पिस्टन मुनिको ब्यारेलको भागमा चाप कम हुन्छ। जमीन मुनिको पानीको सतहमा क्रियाशील वायुमण्डलीय चापले पानीलाई पाइपको बाटो गरी भल्व V2 लाई माथितिर धकेल्दै ब्यारेल भित्र पुर्याउँदछ।
डाउन स्ट्रोक: पम्पको ह्यान्डललाई माथितिर तान्दा पिस्टन तलतिर जान्छ पिस्टन मुनिको ब्यारेलको भागमा रहेको पानीको चापले भल्भ V2 बन्द हुन्छ तर भल्भ V1 खुल्छ। जसले गर्दा पिस्टन माथिको ब्यारेल भागमा पानी जान्छ। जब पिस्टनलाई पुन: माथि तानिन्छ त्यसबेला पिस्टन माथिको ब्यारेलमा जम्मा भएको पानी टुटीबाट बाहिर निस्कन्छ।

22. Study the structural formula of the hydrocarbon given below and answer the following questions.

(a) Give the name and molecular formula of this compound.

(b)  Write its general formula.
(c) Write the name and structural formula of compound is formed if one 'H' atom from each carbon is replaced by one 'OH' in each carbon?

(d) Write a use of the compound thus formed.
Answer:


23. The diagram below represents a certain category of blood vessel showing the role of a special structure in their walls.
(a) Name the kind of blood vessels shown in diagram.

(b) What is the structure shown inside the blood vessels?

(c) What is the role of these structures?

(d) Are these structures present in any other kind of blood vessel? If so, name it.
Answer:

a. शिरा।

b. सेमिलुनर भल्भ।

c. यसले रगतलाई एउतै दिशामा बग्न मद्दत गर्दछ र पुन: फर्किनबाट रोक्दछ।

d. हुन्छन्। एओर्टा र पल्मोनरी धमनी।

24. Following are the findings in a study done on the earth environment: The temperature of respective environment is increasing. The number of amphibians is decreasing. Human beings are suffering from cataracts and skin cancer. Answer teh following questions on basis of above facts:

(a) What is the cause of above finding?

(b) What is to be done to remain safe from above conditions?

(c) Write its one more harmful effect to health.

(d) What happens to the environmental temperature at this condition?
Answer:

a. यसको कारक तत्व ओजोन तहको क्षय हो।

b. ओजोन तहलाई सुरक्षीत राख्न CFC, CO, CO2, N2O (नाइट्रस अक्साइड), CH4 आदिको उत्पादनमा रोक लगाउनु पर्छ।

c. यसको कारणले मानिसको स्वास्थ्यमा पर्ने खराब असरहरु रोग निरोधक क्षमत न्यून हुने र श्वास प्रश्वाश प्रणालीमा नकारात्मक असर पर्छ।

d. वातावरणको तापक्रम बृद्दी हुँदै गइरहेको छ।

SEE Science: Model Question 2074 Set 1

Science Model Question | 2074 [2018] | SET 01 | SEE



Candidates are required to give their answer according to the given instructions.
Group - A


1. Give short answer to the following questions.  [15×1=15]

a. What is free fall?
Answer: बाहिरी अवरोध विना नै कुनै वस्तु गुरुत्व प्रवेगको गतिमा खसिरहेको छ भने त्यस्तो खसाईलाई स्वतन्त्र खसाई भनिन्छ।

b. State Archimede's principle.
Answer: आर्किमिडिजको सिद्धान्त :- कुनै वस्तुलाई आंशिक वा पूर्ण रुपले तरल पदार्थमा डुबाउँदा विस्थापित हुने तरलको तौल बराबरको उर्ध्वचाप तरल पदार्थले वस्तुमा दिन्छ।

c. What is fossil fuel?
Answer: कोइला र खनिज तेल वनस्पतिको अवशेष अर्थात पृथ्वीको भित्री भागमा पुरिएर रहेका जीवावशेषहरुबाट प्राप्त गरिने उर्जाहरुलाई जीवावशेष उर्जा भनिन्छ।

d. On what two factors does the quantity of heat depend?
Answer:

१. पदार्थमा रहेका अणुहरुको संख्या (पदार्थको पिण्ड)

२. अणुहरुको औसत गतिशक्ति

e. Where an object should be kept in front of a convex lens so that the image becomes diminished, inverted and real?
Answer: वस्तुलाई 2F भन्दा पर राख्दा।

f. Identify the type of chemical reaction given below.

Ca + H2SO4 --- CaSO4 + H2
Answer: विस्थापन प्रतिक्रिया।

g. What is strong acid?
Answer: जुन अम्ललाई पानीमा राख्दा धेरै जसो अणुहरू H+ आयोनमा छुट्टिन्छन् भने त्यसलाई कडा अम्ल भनिन्छ।

h. In what group and period does gold lie in the modern periodic table?
Answer:

१. समुह (Group) IB

२. पेरियोड (Period) 6

i. What are the raw materials used to make the Bakelite?
Answer:

१. कार्बोलिक अम्ल (Carbolic Acid)

२. फर्म्याल्डिहाइड (Formaldehyde)

j. What is cocoon in the life cycle of silkworm?
Answer:

रेसम किराको प्युपा अवस्थालाई सुरक्षा गर्ने बाहिरी गोलाकार वा डमरु आकारको खोललाई कोकुन भनिन्छ।

k. Name two hormones secreted by Pancreas.
Answer:

१. इन्सुलिन (Insulin)

२. ग्लुकागन (Glucagon)

l. Write any two parts of the body in which white blood cells are produced.
Answer:

क. बोन म्यारो (Bone Marrow)

ख. लिम्फ नोड (Lymph Nodes)

ग. फियो (Spleen) [ANY TWO]

m. What is Klinefelter's syndrome?
Answer: पुरुषको सेक्स क्रोमोजोम (XY) मा X को संख्या बढ्न गई (47, XXY) भएको अवस्थालाई क्रोमोजोमको डिस्अर्डर क्लेनाईफेल्टर सिन्ड्रोम (Klinefelter's syndrome) भनिन्छ।

n. What is self-pollination?
Answer: एउटै फुलको एन्थरमा रहेको परागकण त्यही फुलको स्टिग्मा सम्म पुग्ने क्रियालाई स्वपरागसेचन (self-pollination) भनिन्छ।

o. What is carbonization?

[toggle title="Answer:" state="close"]जमिनभित्रको उच्च चाप र तापक्रमले गर्दा बोट बिरुवाहरु बाट कोइला बन्ने प्रक्रियालाई कार्बोनाइजेसन (carbonization) भनिन्छ।
Group B  [13x 2 = 26]


2. Figure shows two beakers one with pure water and another with salty water. Out of A and B name the liquid having more density. Why does the egg float on the liquid A?

Answer:

१. A तरलको घनत्व बढी छ।

२. A तरल नुनपानीको घोल हो जसको घनत्व फुलको भन्दा बढी हुन्छ।

३. त्यसैले घोलको उर्ध्वचाप पनि बढ्छ।

४. फुलको तौल र नुनपानीको उर्ध्वचाप बराबर हुन गई फुल नुनपानीमा उत्रिन्छ।

3. Write any two differences between nuclear fusion and nuclear fission.
Answer:
न्युक्लियर फ्युजनन्युक्लियर फिसन
१. अत्याधिक ताप र चापको  उपस्थितिमा सानो तत्वका परमाणुहरु संयोजन भई ठुलो तत्व र उर्जाको निर्माण हुने प्रक्रिया।१. ठूलो परमाणुको     न्युक्लियस विच्छेदन भई स-साना परमाणुहरु बन्ने प्रक्रिया।
२. सूर्य र अन्य ताराहरूमा सन्चालन भईरहेको हुन्छ।२. परमाणु उर्जाका भट्टीहरुमा सन्चालन गरिन्छ।


4. Mercury thermometer is used to measure higher temperature but alcohol thermometer is used to measure lower temperature, Why? Give reasons.
Answer:

१. पारोको उम्लने तापक्रम उच्च 357°C भएकोले।

२. अल्कोहलको जम्ने बिन्दु अत्यन्त न्यून -117°C भएकोले।

5. Why does the bulb of a bicycle run with a dynamo glow brightly when speed of bicycle is increased and become dim when the speed is decreased? Give reasons.
Answer:

१. साइकलको चक्का (टायर) घुम्दा यसले डाइनोमोको टाउको घुमाइदिन्छ जसले गर्दा भित्रको चुम्बक घुम्छ र बलरेखा काटिंदा विधुत उत्पादन हुन्छ र बत्ति बल्दछ।

२. साइकलको वेग बढ्दा छिटो छिटो बलरेखा काटिएर धेरै विधुत उत्पादन हुँदा बत्तिको चमक बढ्छ भने साइकलको वेग कम गर्दा कम विधुत उत्पादन हुने हुँदा बत्ति मधुरो बल्दछ।

6. Study the electronic configurationgiven below and answer the following questions on the basis of it.


(i) Name the element and write the block.
Answer:

१. नाम (element) - तामा (Copper)

२. ब्लक (block) - d-ब्लक

(ii) Write atomic number and valancies of this metal.
Answer:

१. पारमाणविक संख्य (atomic number) - 29

२. संयज्यता (valancies) - 1 र 2

7. Write any two characteristics of a catalyst.
Answer:

१. रासायनिक प्रतिक्रियाको अन्त्यमा उत्प्रेरकको पिण्ड र रासायनिक बनोटमा कुनै परिवर्तन हुदैन।

२. उत्प्रेरकले प्रतिक्रियालाई सुरु गराउने काम गर्दैन तर सुरु भइसकेको रासायनिक प्रतिक्रियाको गतिलाई घटबढ गराउँदछ।

8. Choose two ores each of iron and copper from the given ores.

(Cuprite), (Magnetite), (Cederite), (Bauxite), (Argentite), (Chalcocite)
Answer:
फलाम को धाउ (Ores Of Iron):

१. म्याग्नेटाइट (Magnetite)

२. सिडेराइट (Cederite)
तामाको धाउ (Ores Of Copper):

१. क्युप्राइट (Cuprite)

२. चाल्कोसाइट (Chalcocite)

9. Write the structural formula of methyl alcohol along with its one use.
Answer:
रङ र भर्निसहरुलाई धुलाउन यसको प्रयोग हुन्छ।

10. In which time does the nuptial flight occur in the life cycle of honey bee? Why does it happen?
Answer:

१. रानी मौरी र थुप्रै भाले मौरीहरु घारबाट बाहिर निस्केर हावामा उड्दै सम्भोग गर्ने प्रक्रियालाई नप्चल फ्लाइट (nuptial flight) वा मेटिङ्ग फ्लाइट (mating flight) भनिन्छ।

२. रानी मौरी सामान्य अवस्थामा वयस्क भएर निस्केको ३ देखि ५ दिनमा नप्चल फ्लाइट (nuptial flight) हुन्छ।

11. Write the function of each of the parts A and B in the given figure.
Answer:
A: १. शरीरलाई सन्तुलन राख्छ।

२. मांशपेशीको टोन कायम राख्दछ। [ANY ONE ANSWER]
B:

१. अकाम्य क्रियाको मुख्य केन्द्र हो।

२. शरीरको विभिन्न भाग र मस्तिष्क वीच सञ्चार गर्दछ। [ANY ONE ANSWER]

12. "High blood pressure is also caused by feeding habits." Write two such habits that cause high blood pressure.
Answer:

१. खानामा नुनको मात्रा बढी हुनु।

२. निरन्तर धुम्रपान वा धेरै मध्यपान गर्नु।

13. Write any two symptoms of Hemophilia.
Answer: हेमोफिलिया रोग लागेको मानिसको शरीरमा घाउ भएमा वा काटेमा रगत जम्दैन र घाउ निको हुन गाह्रो हुन्छ।

14. Write the name, shape, number of major stars and the season in which it is visible.

Answer:
तारामण्डल:

१. नाम: काल पुरुष (Orion)

२. आकार: योद्दा

३. मुख्य ताराको संख्या: ७

४. देखिने ऋतु: हिउँद
Group'C'  [6×3=18]

15. Calculate the acceleration of an apple of mass 200gm, when it falls towards the earth? Also find the acceleration of the earth towards the apple? Show it with calculations. (Mass of the earth is 6×1024kg and Radius of the earth is 6.64×106m)
Answer:


16. Observe the ray diagram of eye given in the diagram and answer the following questions.
 i. What type of defect of vision is this ?
Answer: अदूर दृष्टि।

ii. Write the cause of this type of defect in eyes.
Answer: सिलियरी मांशपेशी खुम्चिएर लेन्सलाई पर्याप्त पातलो बनाउन नसक्नाले लेन्स बाक्लो हुँदा केन्द्रिकरण दूरी घट्छ त्यसैले आँखामा टाढाको वस्तुको आकृति रेटिना भन्दा अगाडि नै बन्दछ।

iii. Show a modified and labeled diagram of eye after the correction of this defect.
Answer:


17. When magnesium is burnt in oxygen it forms magnesium oxide. If water is mixed in this magnesium oxide, it forms magnesium hydroxide (alkali). Write the balanced chemical equations for these reactions. Also write a use of this alkali in daily life.
Answer:

१. 

२. 

३. पेटमा अम्लियपन बढेको बेला anta acid को रुपमा अम्लियपन कम गर्न खाइन्छ।

18. "High priority is given for the use of compost fertilizer." Put any three arguments in favour of this statement.
Answer:

१. कम्पोष्ट मलले वायुमण्डललाई नकारात्मक असर पर्दैन र माटोको अम्लिया वा क्षारियपन थपघट पार्दैन।

२. यी मल कुहिने, सड्ने, गल्ने भएकोले वातावरणलाई प्रदुषण हुन बाट जोगाउँछ।

३. माटोमा पानीको मात्रा जोगाई राख्छ।

19. "Tissue culture method of an artificial vegetative propagation in plants plays a great role in forestry, horticulture and agriculture fields." Clarify this statement in three points.
Answer:

१. लोप हुन लागेको वनस्पतिको संरक्षण गर्न सकिन्छ।

२. उही प्रकारका असंख्य वनस्पतिहरु औधोगिक रुपमा उमार्न सकिन्छ वा थोरै समयमा धेरै उत्पादन गर्न सकिन्छ।

३. रोग रहित विरुवाको विकाश गर्न सकिन्छ।

20. Clarify the relation between the destruction of historical, archeological monuments and buildings with industrialization.
Answer:

१. औधोगिकीकरणले उधोग, कलकारखाना, मानिसको बसोवास, सवारी साधनहरुको बृद्दि हुन्छ। उधोग, कलकारखाना, मानिसको बसोवास, सवारी साधनहरु बाट निस्किएको ग्यासक कारणले गर्दा सल्फर डाईअक्साइड, नाइट्रोजन डाईअक्साइड लगायतका ग्यासहरू वायु मण्डलमा मिसिन पुग्दछ।

२. वर्षा हुँदा यी घुलनशील अक्साइडहरु पानी सँग प्रतिक्रिया हुँदा सल्फ्युरस अम्ल, सल्फ्युरिक अम्ल, नाइट्रिक अम्ल बनी अम्लिय वर्षाको रुपमा जमिनमा खस्छन्। फलस्वरूप धातु र चुन ढुंगाबाट बनेका ऐतिहासिक र पुरातात्विक महत्वका स्मारकलाई प्रतिक्रिया गरेर दिनप्रतिदिन नष्ट गर्दै जान्छन्।
Group 'D'  [4×4 = 16]


21. The number of primary winding is four times more than that of secondary winding in the transformer given in the diagram. If the primary voltage is 220V, then calculate the secondary voltage. Explain the working principle of transformer and inverter.

Answer:

ट्रान्सफर्मरले विधुत सामार्थ्यलाई यथावत राखी भोल्टेज (E.m.f.) को मात्रालाई बढाउन वा घटाउन सक्दछ भने इन्भर्टरले विधुतीय प्रसारण भएको अवस्थामा अल्टरनेटिङ्ग करेन्ट (PC) लाई डाइरेक्ट करेन्ट (DC) मा रुपान्तरण गरी ब्याट्रीमा संचय गर्दछ र फेरी विधुतीय प्रसारण नभएको अवस्थामा ब्याट्रीमा संचय गरिएको DC लाई AC मा परिणत गरी विधुतीय उपकरणहरुलाई सजिलै प्रयोग गर्न सकिने बनाउँछ।

22. Draw a neat diagram of the laboratory preparation of carbon dioxide gas and label any two parts. Also write the balanced chemical equation involved in this process. What happen when carbon dioxide gas is passed into lime water for a short period?
Answer:


23. Draw a chart showing the crossing between red and white flowered pea plants till F2 generation. Find out the genotypic and phenotypic ratio of F2 generation. When the mating of black and white rats takes place, all the offspring produced in first generation are black. Why there are no white rats?
Answer:


24. ‘Although the Chlorofluorocarbon used in the refrigerators and air conditioners is a stable, non-poisonous, non-inflammable and cheap compound, it is to be displaced by other compound.’ Justify this statement.
Answer:

१. CFC ले आफै ओजोन तहलाई नष्ट भने गर्दैन तर यसले सूर्यबाट उत्सर्जित पारावैजनी विकिरणको उपस्थितिमा रसायनिक प्रतिक्रियाबाट सृंखलाबद्द रुपमा पारमाणविक क्लोरिनहरुको उत्पादन गर्दछ।

२. तिनै पारमाणविक क्लोरिनले नै ओजोन तहलाई नष्ट गर्दछन् एक पारमाणविक क्लोरिनमा लगभग एक लाख भन्दा बढी ओजोनको अणु नष्ट गर्ने क्षमता हुन्छ त्यसैले वायुमण्डलको समताप मण्डलमा CFC को मात्रा कम गर्न यसको प्रयोगलाई विस्थापित गर्नु परेको हो।

३. साथै यो हरित गृह प्रभावको लागि पनि जिम्मेवार छ।